Logo
२४ वैशाख २०८१, सोमबार

मुटुमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना : स्वास्थ्य अवस्था स्थिर

अक्षरपाटी
२०८० मंसीर २० , बुधबार १०:१२ मा प्रकाशित

काठमाडौं,२० मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। श्रेष्ठको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लगिएको हो।

गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए। छातिमा असहज भएपछि उनी नियमित स्वास्थ परीक्षणको गर्न अस्पताल पुगेका हुन्। सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो। गृह मन्त्रालयमा सहसचिवरप्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ।