Logo
१८ वैशाख २०८१, मंगलबार

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अक्षरपाटी
२०८१ वैशाख ६ , बिहीबार ०१:०४ मा प्रकाशित

काठमाडौं,६ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।