Logo
८ साउन २०८१, मंगलबार

पायल्स रोग के हो ? यसको उपचार कसरी गरिन्छ ?

अक्षरपाटी
२०८१ असार १३ , बिहीबार ०५:०६ मा प्रकाशित

डा. मेराज आलम अन्सारी

के हो पाइल्स ?

प्रायजसो मानिहरुले आप्नो खानपिनमा ध्यान नदिदा हुने रोग हो, पायल्स । केहि समय पहिलेदेखि नेपालमा पायल्स रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

पाइल्स मलद्धार भित्र हुने र बाहिर हुने गरी मुख्य रुपमा २ प्रकारको हुन्छ । मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ । बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो ।

किन हुन्छ पायल्स ?

पायल्स थुप्रै कारणले गर्दा हुन्छ । मुख्य कारण कब्जियत हो । दिशा गर्ने ठाँउमा आन्द्रा संग एउटा भेन हुन्छ जसलाई हेमोरेडल भेन भनिन्छ । कब्जियतको कारणले आन्द्रा संगै जोडिएको उक्त भेनमा जोरपर्ने हुन्छ । त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ ।

पायल्सको उपचार

पाइल्सको ४ ओटा स्टेज हुन्छन् । पहिलो अवस्थामा दिशा बस्दा रगत आउँछ । र, केही असजिलो अनुभव हुन्छ । दोश्रो अवस्थामा ट्वाइलेट बस्दा मासु बाहिर निस्कने र उठिसकेपछी आफै भित्र जान्छ । तेश्रो अवस्थामा ट्वाइलेट बस्दा निस्किएको मासु हातले धकलेर भित्र पठाउनु पर्ने हुन्छ । चौथो अवस्थामा बस्दाखेरी निस्कने मासु हातले धकलेर पनि पठाउन सकिदैन । यो अवस्थामा धेरै रगत बग्ने एवं दुख्ने हुन्छ ।

पायल्सको उपचार गर्दा पायल्स कुन स्टेजमा छ भन्नेमा भर पर्छ । फरक फरक स्टेजको लागि फरक फरक उपचार गर्नेपर्ने हुन्छ । सबैभन्दा पहिले खानेकुरामा ध्यानदिनुपर्ने हुन्छ ।

पायल्सका रोगीले के खानुहुन्छ के हुँदैन ?

खानामा रेसादार खानेकुराहरु खनुपर्ने हुन्छ । जस्तैः हरियो सागसब्जी, तरकारी, फलफुल प्रशस्त खानुपर्ने हुन्छ । सरिरमा प्रसस्त पानीको मात्र बढाउनुपर्ने हुन्छ । मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँने हुदा त्यस्ता खानेकुरा बाट टाढै बस्नुपर्छ ।
( डाक्टर मेराज आलम अन्सारी निसर्ग हस्पिटल धनगढीमा कार्यरत हुनुहुन्छ ।)