काठमाडौं,२६ असार । भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
अन्य १९ जना घाइते भएका छन् । बुधबार बिहान एउटा बस र ट्यांकर आपसमा ठोक्किएका हुन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सितामढीबाट दिल्ली जादै गरेको डबल डेकर बस र दुध बोकेको ट्यांकर ठोक्किदा बस भित्रका यात्रु उछिट्एिर सडकमा बजारिएका छन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।