Logo
२१ फागुन २०८२, बिहीबार

स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपा: एप सार्वजनिक

अक्षरपाटी
२०८२ माघ १३ , मंगलबार ०८:०१ मा प्रकाशित

काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई हेरेर विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ।

डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनमध्ये आकर्षक डिजाइन, प्रयोगकर्तामैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप रुचाइने विश्वास गरिएको छ।

स्लो इन्टरनेटमा पनि सहजै चल्ने भएकाले देश–विदेशमा रहेका नेपालीका लागि यो एप उपयोगी रहने विश्वास गरिएको छ।

नेपा: एपमा सजिलो नेपाली पात्रो (पञ्चाङ्गसहित) उपलब्ध छ। विश्वसनीय स्रोतबाट ताजा समाचार, आफूलाई मनपर्ने विषयअनुसार समाचार पढ्ने सुविधा, जिल्लागत समाचार तथा प्रयोगकर्ताको लोकेसनका आधारमा नजिकका घटनाक्रम (Near by News) तुरुन्तै प्राप्त गर्न सकिन्छ।

यस एपमार्फत देशभरका नेपाली एफएम रेडियो सुन्न सकिने व्यवस्था छ। मनोरञ्जन र जानकारीका लागि नेपाली भिडियो तथा रिल्स पनि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा समाचार, सूचना र मनोरञ्जनको अनुभव दिन्छ।

डिजिटल युगमा नेपाली भाषामा भरपर्दो सामग्री खोज्ने प्रयोगकर्ताका लागि नेपा: एप प्रभावकारी समाधानका रूपमा आएको छ।

एप सरल, छिटो र सुरक्षित भएकाले सबै उमेर समूहका प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्नेछन्।

नेपा: एप

ट्रेन्डिङ ( साप्ताहिक )