

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको भाउ भने सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ३ लाख ४ हजार सात सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य यत्ति नै थियो।
चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
मूल्य सून



