Logo
२६ फागुन २०८२, मंगलबार

बैतडी समाजद्वारा आयोजित रक्तदान महोत्सवमा ६१ युनिट रगत संकलन

अक्षरपाटी
२०८२ फागुन ९ , शनिबार ११:०२ मा प्रकाशित

धनगढी । बैतडी समाज कैलालीको आयोजनामा भएको १७औं संस्करणको रक्तदान महोत्सवमा ६१ युनिट रगत संकलन भएको छ।

बैतडी समाज धनगढीको आयोजनामा सम्पन्न १७औं बृहत् रक्तदान कार्यक्रममा निर्वाचन प्रहरीसमेत सहभागी हुँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

आयोजक बैतडी समाजका अनुसार १७औं संस्करणसम्म आइपुग्दा कार्यक्रमबाट उल्लेख्य मात्रामा रगत संकलन हुँदै आएको छ।

यसपटक पनि ६१ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक वीर बहादुर महराले बताए।

सामाजिक उत्तरदायित्वमा सधैँ अग्रसर रहँदै आएको बैतडी समाज धनगढीले आगामी दिनमा पनि यस्ता मानवहितका कार्यक्रमलाई निरन्तरता दिने समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए।

रक्तदान