Logo
१७ वैशाख २०८३, बिहीबार

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनापछि मतदाताको फैसला स्वीकार्य हुने बताएका छन्।

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेख्य उपस्थिती देखिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

शर्माले लेखेका छन्, “बुलेटबाट उदाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई स्वागत गर्दा देखिएको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई पनि स्वागत।”

उनले २०७९ सालमै देखिएको संकेतका आधारमा यो परिणाम पूर्णतः अप्रत्याशित नभएको उल्लेख गर्दै नयाँ राजनीतिक शक्तिप्रति अत्यधिक आशा राख्दा पुनः निराशामा परिणत नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन्।

शर्माले देशका मूल मुद्दामा समर्थन र खबरदारी दुवै जारी रहने पनि बताएका छन्।

निर्वाचन नेपाली कांग्रेस