



धनगढी । कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।
शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद मृत्यु भएको हो।
उनको १४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग मागीविवाह भएको थियो।
विवाह भएको करिब १४ दिनपछि, २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
मृतककी हजुरआमा तारा धामीले विवाहको खुसी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्। विन्दु कक्षा १२ मा अध्ययन गर्दै ब्युटी पार्लरको तालिम पनि लिइरहेकी थिइन्।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
शवको पोस्टमार्टम भइसकेको र यसको रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुर युवती मृत



