Logo
८ वैशाख २०८३, मंगलबार

शुक्लाफाँटाका ३२ जना किसानलाई ‘मिनी टिलर’ वितरण

अक्षरपाटी
२०८२ फागुन ३० , शनिबार १२:०३ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ ।

कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो ।

वडा कार्यालयका अनुसार कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यका साथ किसानलाई मिनी टिलर वितरण गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए।

कञ्चनपुर कृषि