Logo
३ वैशाख २०८३, बिहीबार

जिल्ला अस्पताल डोटी र अछाममा अध्यक्ष नियुक्त

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ०७:०४ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल डोटी र अछामको अध्यक्ष नियुक्त गरेको हो । 

डोटी अस्पतालमा डोटीका भरत बोहरा र अछाम अस्पतालमा अछामका लीलाराज केसी नियुक्त भएका छन् ।

त्यस्तै खेलकुद परिषद् सदस्यमा पनि कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेर नियुक्त भएका छन् ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रपिरिषद्को परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५को अनुसूची हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन नियमावली २०२ समेत स्वीकृत गरिएको छ ।

जिल्ला अस्पताल डोटी

ट्रेन्डिङ ( साप्ताहिक )