Logo
१५ वैशाख २०८३, मंगलबार

जेनजी आन्दोलनमा जलेका गाडीको नाममा पनि इन्धन दुरुपयोग

अक्षरपाटी
२०८३ वैशाख १५ , मंगलबार १०:०४ मा प्रकाशित

काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेका गाडीका नाममा पनि इन्धन दुरुपयोग गरेको पाइएको छ।

गाडी जलेर खरानी भए पनि कर्मचारीहरुको मिलेमतोमा ती गाडीका नाममा इन्धन भने दुरुपयोग गरेको पाइएको हाे।

मन्त्रालय भित्र यस्तो व्यथिति पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएकी छन।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन।

आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए।

पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चाल्न निर्देशन दिएकी हुन्।

शुसानका नाममा भएको सत्ता हल्लाउने उक्त आन्दोलनपछि पनि कर्मचारीहरुमा मिलेमतोमा भ्रष्टाचार र अख्तियारको दुरुपयोग गर्ने क्रम मन्त्रालयभित्रै नरोकिएपछि मन्त्री मेहताले हदैसम्मको कारवाहीको निर्देशन दिएको बताइएको छ।

निशा मेहता भ्रष्टाचार