Logo
२४ वैशाख २०८३, बिहीबार

स्वास्थ्य प्रतिष्ठान र अस्पतालको नेतृत्वमा मन्त्रालयले पठायाे निमित्त निर्देशक-प्रमुख

अक्षरपाटी
२०८३ वैशाख २४ , बिहीबार ०५:०५ मा प्रकाशित

काठमाडौं। सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने बताएको छ।

खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण नेतृत्वविहीन बन्न पुगेका निकायहरुमा मन्त्रालयले निमत्त प्रमुख तोकेको छ। नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस्म भनेर मन्त्रालयले तत्काललाई ‘निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको मन्त्रालयको सचिवालयले जनाएको छ।

मन्त्रालयका अनुसार निमित्त नियुक्ति अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र भएको हो। सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको भन्दै मन्त्रालयले छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको जनाएको छ।

पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ:

निमित्त निर्देशक/प्रमुखहरू:

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान : प्रा.डा. समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : डा. नरेन्द्र विक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सह-प्रा.डा. विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) : सह-प्रा.डा. इन्द्र लिम्बु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) : सह-प्रा.डा. सुरेश रसाइली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) : डा. उमेश नेपाल
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र : सह-प्रा.डा. रविन्द्रभक्त तिमला
स्वास्थ्य बिमा बोर्ड : शकुन्तला प्रजापति

निशा मेहता स्वास्थय मन्त्रालय