Logo
१ जेठ २०८३, शुक्रबार

१५ वर्षीय श्रजललाई रक्त क्यान्सर पुष्टि, उपचारका लागि सहयोगको अपिल

अक्षरपाटी
२०८३ जेठ १ , शुक्रबार ०२:०५ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैँचाका १५ वर्षीय श्रजल दाहाल यतिबेला रक्त क्यान्सरविरुद्ध कठिन संघर्ष गरिरहेका छन्। भर्खरै मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका श्रजलमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) अर्थात् रक्त क्यान्सर पुष्टि भएपछि परिवार गम्भीर पीडा र आर्थिक संकटमा परेको हो।

हाल श्रजलको भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको परिवारले जनाएको छ। चिकित्सकका अनुसार उनको उपचार प्रक्रिया लामो र चुनौतीपूर्ण हुने बताइएको छ।

श्रजलका बुबा नूतन दाहाल र परिवार यतिबेला उपचार खर्च जुटाउन संघर्षरत छन्। महँगो उपचारका कारण परिवारले सबै शुभेच्छुक तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगको नम्र अपिल गरेको छ।

परिवारले श्रजलको शीघ्र स्वास्थ्य लाभको कामना गरिदिनुका साथै यो सन्देश बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याइदिन सबैमा आग्रह गरेको छ।

https://www.facebook.com/photo?fbid=1537044354455974&set=a.292559002237855

ट्रेन्डिङ ( साप्ताहिक )