Logo
१४ जेठ २०८३, बिहीबार

एकैदिन तोलामा ५ हजार ५ सयले घट्यो सुनको मूल्य

अक्षरपाटी
२०८३ जेठ १४ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यही सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

केही समयअघि सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार रुपैयाँसम्म पुगेको थियो । पछिल्लो समय भने लगातार ओरालो लाग्दै अहिले २ लाख ८५ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी