Logo
२२ भदौ २०८३, सोमबार

भाजपाको निमन्त्रणामा रवि लामिछाने आज दिल्ली जाँदै

अक्षरपाटी
२०८३ जेठ १८ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा निस्कने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी नेतृत्वको टोली नयाँ दिल्ली जान लागेको हो।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितका नेताहरू सहभागी रहने जनाइएको छ।

दिल्ली बसाइका क्रममा लामिछानेले भाजपाका उच्च तहका नेताहरूसँग राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता हुन सक्ने स्रोतले जनाएको छ।

रास्वपा सभापतिको यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक संवाद तथा दुई देशका दलहरूबीचको सम्बन्ध विस्तारका दृष्टिले चासोका साथ हेरिएको छ।

रवि लामिछाने