Logo
६ पुस २०८१, शनिबार

निसर्ग हस्पिटलमा विश्व नर्स दिवस मनाईयो

अक्षरपाटी
२०८१ वैशाख ३० , आईतबार ०५:०५ मा प्रकाशित

रोहित गिरी

धनगढी, ३० बैशाख । विश्व नर्स दिवशको अवसर पारेर धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले विरामीहरूलाई फलफुल वितरण गर्नुका साथै बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ । दिवसको अवसरमा निसर्ग हस्पिटलको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।

नर्सिङ विभागकी प्रमुख मन्जु केसीको सभाअध्यक्षता तथा हस्पिटलका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मर्वारीसँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।

अस्पताल परिसरमा सम्पन्न कार्यक्रमकमा अस्पतालका मेडिकल डाईरेक्टर मेराज आलम अन्सारी, नर्सिङ डाईरेक्टर मन्जु केसी, नर्सिङ सुपरभाईजर आशा प्रधान लगायत नर्सहरूको टोलीले अस्पताल भित्र रहेका विरामीहरूलाई फलफूल समेत वितरण गरेका थिए भने कार्यक्रमको सहजीकरण अस्पतालका प्रसासकीय प्रमुख राम प्रसाद ओझाले गरेका थिए ।

विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । निसर्ग हस्पिटलले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।