Logo
६ पुस २०८१, शनिबार

तोलाको १५ रुपैयाँले घट्यो सुनको मूल्य

अक्षरपाटी
२०८१ असोज २ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको तीन सय रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ।

चाँदी भने तोलाको एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ।

मंगलबार सुन तोलाको एक लाख ५६ हजार सात सय रुपैयाँ र चाँदी तोलाको एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।