Logo
२ कात्तिक २०८१, शुक्रबार

७६ जिल्लामा डेंगी फैलियो,संक्रमितको संख्या १३ हजार नजिक

अक्षरपाटी
२०८१ असोज ९ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ । २३ सेप्टेम्बरसम्म १२ हजार ६४४ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । सेप्टेम्बरका २३ दिनमा (१ देखि २३ सम्म) मात्रै पाँच हजार ७८० जना संक्रमित थपिएका छन् ।

संक्रमित धेरै हुनेमा काठमाडौं तेस्रो स्थानमा छ । एक हजारभन्दा बढी संक्रमित भएका जिल्लाको पहिलो नम्बरमा कास्की एक हजार ९०३, दोस्रोमा तनहुँ एक हजार ६४५, तेस्रोमा काठमाडौं एक हजार ५४० र चौथोमा पर्वत एक हजार ११० छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।