Logo
३० साउन २०८३, शनिबार

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अक्षरपाटी
२०८१ कात्तिक २ , शुक्रबार १०:१० मा प्रकाशित

काठमाडौँ । सरकारले आजदेखि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभरका बालबालिका आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुट खोप लगाइने छ।

साथै मन्त्रालयले थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।