मुम्बई । वरुण धवनको एक्सन फिल्म ‘बेबी जोन’ क्रिसमसको अवसरमा सिनेमाघरमा आउँदैछ। ट्रेलर रिलिज भएसँगै सर्वत्र चर्चा भइरहेको यस चलचित्रमा अभिनेताको नयाँ अवतार देखिने भएको छ ।
फिल्ममा उनी साउथकी चर्चित अभिनेत्री कीर्ति सुरेशसँग रोमान्स गर्दैछन् । ‘बेबी जोन’ ठुलो बजेटमा बनेको फिल्म हो । यसैबिच चलचित्रको अग्रिम बुकिङ पनि सुरु भइसकेकोले दर्शकको उत्साह बढेको छ ।
तरण आदर्शले हालै सामाजिक सञ्जालमा बेबी जोनसँग सम्बन्धित एउटा भिडियो सेयर गरेका छन्, जसको क्याप्शनमा लेखिएको छ, ‘बेबी जोनको अग्रिम बुकिङ अब सुरु भएको छ । अभिनेताका फ्यानहरूले अब चलचित्रको टिकट बुक गर्न सक्नेछन्।’
फिल्ममा वरुणको एक्सन साउथ फ्लेवर हुने भएको छ जसलाई हेर्न सबै उत्साहित छन् । यो फिल्म अभिनेताका लागि पनि विशेष छ किनभने यो वर्ष उनले आफ्नो घरमा छोरीलाई स्वागत गरेका छन् । बेबी जोनको कथा पनि एक बुबा र छोरीको वरिपरि घुम्छ।
यस फिल्ममा सलमान खानको क्यामियो पनि देखिनेछ । बेबी जोनमा काम गरेबापत उनले कुनै पनि पैसा लिएका छैनन् भन्ने केही मिडिया रिपोर्टमा दाबी गरिएको छ ।