
काठमाडौं । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रिक्त भएको छ ।
केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो ।
रिक्त एआईजी, डीआईजीमा बढुवा गरेसँगै अब एसएसपी बढुवाको तयारी सुरु गरिएको छ । प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी समेत जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी समेत गरिएको छ ।
यसका लागि गर्नेपर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गर्नका लागि मन्त्री परिषद्ले समेत स्वीकृत दिएको छ । यो सँगै दरबन्दी मिलान गरेर मन्त्रीपरिषद्मा पठाउने बाटो समेत प्रहरी हेडक्वाटरले पाएको छ ।
दरबन्दी मिलान भएपछि बढुवा गर्नेगरी तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । यसअघि सशस्त्र प्रहरीले समेत दबरन्दी मिलान गर्दै तीन डीआईजी, एक एसएसपीको दरबन्दी थप गरेको थियो ।
रिक्त एसएसपी बढुवाका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् ।
बढुवाका लागि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट छन् ।
त्यस्तै वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित छन् ।
नेपाल प्रहरी


