Logo
१८ साउन २०८३, सोमबार

नयाँ जिम्मेवारी पाएका दुई वरिष्ठ चिकित्सकलाई नेपाल क्यान्सर अस्पतालद्वारा सम्मान

अक्षरपाटी
२०८३ साउन १७ , आईतबार ०९:०८ मा प्रकाशित

काठमाडौं । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका आफ्ना दुई वरिष्ठ चिकित्सकलाई विशेष सम्मान कार्यक्रममार्फत बधाई तथा शुभकामना ज्ञापन गरेकाे छ।

अस्पतालले आयोजना गरेको विशेष सम्मान तथा बधाई कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा नियुक्त भएका डा. विवेक आचार्य तथा निजामती सेवा अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. जितेन्द्र परियारलाई शुभकामना दिँदै बधाई तथा सम्मान गरिएको हो।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा वरिष्ठ मेडिकल अङ्कोलोजिस्ट डा. सुदीप श्रेष्ठले दुवै चिकित्सकको व्यावसायिक उत्कृष्टता, नेतृत्व क्षमता तथा स्वास्थ्य सेवामा पुर्‍याएको महत्वपूर्ण योगदानको मूल्यांकन भएकोमा खुशी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए।

नेपाल क्यान्सर अस्पताल परिवारले दुवै चिकित्सकलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वले नेपालको स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र अनुसन्धानमुखी बन्ने विश्वास व्यक्त गरेको छ।

डा सुदीप श्रेष्ठ निर्देशक स्वरुपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल