Logo
१९ साउन २०८३, मंगलबार

सिपि अस्पतालले बेलडाँडीमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

अक्षरपाटी
२०८२ पुस २२ , मंगलबार ०५:०१ मा प्रकाशित

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सि.पि. अस्पतालको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। पुष २६ गते शनिबार बेलडाँडी गाउँपालिका वडा नं २ स्थित गाउँपालिकाको कार्यालय भवनमा आयोजना हुने उक्त शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा स्थानीय नागरिकहरूले विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन सक्नेछन्। शिविरमा जनरल सर्जन, फिजिसियन, गाइनोकोलोजिस्ट, नाक–कान–घाँटी रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, मानसिक रोग तथा नशारोग विशेषज्ञ लगायतका चिकित्सकद्वारा सेवा प्रदान गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ।

स्वास्थ्य शिविर बेलडाँडी गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो।

सिपि-अस्पताल

ट्रेन्डिङ ( साप्ताहिक )