

काठमाडौं । वार्षिक उत्सवलाई मानव सेवामा बदल्ने उद्देश्यका साथ नयाँ बानेश्वरको शंखमुलस्थित चैतन्य एकेडेमीले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
एकेडेमीको १२औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले ‘रक्तदान, जीवनदान’को नारालाई व्यवहारमा उतारेको हो।
‘मानवसेवा नै सर्वोत्तम सेवा’ भन्ने भावले आयोजना गरिएको कार्यक्रम औपचारिकताका लागि मात्र नभएर सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाले प्रेरित भएको एकेडेमीका सिईओ गणेश जाेशीले बताए।
स्थापना दिवसलाई उत्सवका रुपमा नभएर समाजप्रतिको दायित्ववोधका साथ मनाउँदा मानव कल्याणमा योगदान हुने भएकाले रक्तदान कार्यक्रम गरिएको जाेशीको भनाइ छ।

रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक–कर्मचारीदेखि विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।
कार्यक्रममा युवपुस्ताको बाक्लो सहभागिता थियो। ‘यसले युवापुस्ता समाज र मानव सेवामा अझ बढी संवेदनशील रहेको संकेत गर्छ’, सिईयो जाेशीले बताए।
आकस्मिक अवस्थामा रगतको अभावले कसैले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने विद्यार्थीको संख्या उल्लेख्य रहेको थियो । ‘सानो प्रयासले कसैको जीवन बच्छ भने किन न आँट्ने भनेर रक्तदान गर्न आएको’ सहभागीहरुले बताए।
लाेकसेवा शिक्षासँगै सामाजिक सचेतना र सेवामूलक कामलाई प्राथमिकता दिँदै आएको चैतन्य एकेडेमीले यसअघि पनि रक्तदान, सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
कार्यक्रम स्वास्थ्यकर्मीहरूको सहकार्यमा सुरक्षित र व्यवस्थित रक्तदान सम्पन्न भएको थियो। रक्तदानअघि स्वास्थ्य परीक्षण र परामर्श गरिएको थियो।
कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए। भविष्यमा पनि यस्ताखाले कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने आयोजकले जनाएको छ।
गणेश जाेशी चैतन्य एकेडेमी



