Logo
१२ जेठ २०८३, मंगलबार

देशभरका २२ लाख बालबालिकालाई भिटामिन खुवाइँदै

अक्षरपाटी
२०८३ वैशाख ६ , आईतबार १२:०४ मा प्रकाशित

काठमाडौं। सरकारले आज र भोली देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज) आइतबार र सोमबार दुई दिन करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन सुरु गरेको हो।

यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ।

यसका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।

प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ।

भिटामिन ‘ए’

ट्रेन्डिङ ( साप्ताहिक )