



काठमाडौं। कामकाजी व्यक्तिहरुलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याउने भएको छ।
थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हाे। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो।
अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ गते शनिबार देखि लागु हुने गरि हरेक शनिबार पनि खुला रहने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए।
सिइओ मिश्रका अनुसार शनिबारका लागि नियमित सञ्चालनमा रहेको आकस्मिक सेवासँगै अब ओपीडी सेवा अन्तर्गत रहेको डाक्टरको परामर्श, प्रयोगशाला परीक्षण, इमेजिङ सेवाहरु जस्तैः एक्सरे, सिटी स्क्यान, एमआरआई र स्वास्थ्य जाँचहरु शनिबार पनि खुला रहनेछन्।
यी सेवाहरुमा बैशाखभरका लागि १० प्रतिशत छुटको व्यवस्था समेत गरेको सिइओ मिश्रले जानकारी दिए।
नर्भिक अस्पताल



