Logo
१६ वैशाख २०८३, बुधबार

अस्पतालमा भिडियो-फोटाे खिच्न प्रतिबन्ध

अक्षरपाटी
२०८३ वैशाख १६ , बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा जथाभावी भिडियो/फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने काममा पूर्ण प्रतिवन्ध लगाउने काम कडाइका साथ लागू गर्न निर्देशन दिएकी छन्।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा कडा प्रतिबन्ध लगाएकी हुन्।

२०८३ वैशाख १६ गते जारी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार अबदेखि स्वास्थ्य संस्थाको पूर्व-स्वीकृति बिना यस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

बिरामीको गोपनीयता उल्लंघन गर्ने र उपचार प्रक्रियामा असर पर्ने कार्यमा संलग्नलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै कमी-कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन्।

नीशा मेहता