Logo
२९ वैशाख २०८३, मंगलबार

नर्भिक अस्पतालका ४ जना नर्सलाई ‘डेजी अवार्ड’

अक्षरपाटी
२०८३ वैशाख २९ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ।

अस्पतालको सेवाप्रवाहमा नर्सिङ र पारामेडिकल कर्मचारीले महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उनीहरुलाई अवार्ड तथा सम्मान गरिएको हो।

नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा अस्पतालका ४ जना नर्सलाई सम्मान गरेको हो।

अवार्ड पाउनेहरुमा नर्सहरु सम्झाना तामाङ, नीलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन्। उनीहरुलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको छ।

अस्पतालले उत्कृष्ट नर्सहरुको छनोटका लागि केही समयअघि मनोनयनको प्रक्रिया खुला गरेको थियो। जसमा बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीहरुले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्ने व्यवस्था गरिएको थियो।

मनोनयनमा परेकामध्येबाट उत्कृष्ठ १० भित्र परेका अन्य ६ जनालाई पनि अस्पतालले सम्मान गरेको छ। उत्कृष्ठ १० मा पर्नेहरुमा नर्सहरु सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन्।

नर्सहरुको सेवाभावको कदर र सम्मान गर्ने र उनीहरुको दक्षतालाई अन्तर्र्राष्ट्रिय रुपमा नै पहिचान दिने उद्देश्यले नर्भिक अस्पतालले डेजी फाउन्डेसनसँग सहकार्य गरेको हो।

डेजी फाउन्डेसनमा हालसम्म ४६ देशका ७ हजार ९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरु आबद्ध छन्।

कार्यक्रममा नर्सहरुलाई बधाई दिँदै अस्पतालका निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक नर्भिकले डेजी अवार्ड सुरु गरेको बताइन्। उनले डेजी अवार्ड नर्सहरुको करुणामय सेवाको सम्मान बताउँदै नर्सिङ टोलीप्रति प्रेम, सम्मान र गर्व गर्न चाहेको पनि बताइन्।

कार्यक्रममा बोल्दै अस्पतालका नर्सिङ प्रमुख सरिता श्रेष्ठले नर्सहरुको करुणा, समर्पण, उत्कृष्ट सेवा र मानवीय सेवाप्रतिको सम्मान डेजी अवार्ड भएको बताइन्।

यस्तै स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले बिरामी सेवामा नर्सको ठूलो भूमिका रहेको उल्लेख गर्दै सेवा मात्र नभएर व्यावसायिकता लाई पनि सँगै लैजानु पर्ने बताइन्।

नर्सिङ एसोसिएसन अफ नेपालकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्भिकले नर्सहरुलाई प्रोत्साहन गर्न डेजी अवार्ड सञ्चालन गरेकोमा खुसी व्यक्त गरिन्।

२१ जना नर्स र पारामेडिकल कर्मचारी पनि सम्मानित

नर्भिक अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिक अस्पतालमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर काम गरिरहेका २१ जना नर्सिङ तथा पारामेडिक्स कर्मचारीलाई पनि सम्मान गरेको छ।

१० वर्षभन्दा बढी समयदेखि नर्भिकमै काम गरिरहेका सम्मानित नर्सिङ र पारामेडिकल कर्मचारीमा बुद्धिमाया बम्जन, विनिता गिरी, मेलिशा मलेकु, सैलिना श्रेष्ठ, मनिता महर्जन, सचिन खत्री र विनोद थापा रहेका छन्।

यस्तै, रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सविना केसी, शिला सिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अर्विन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, इश्वर गौतम, कृष्णाकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेग्मी शर्माले पनि सम्मान पाएका छन्।

आफूहरु लामो समयदेखि नर्भिकलाई आफ्नो दोस्रो घर मानेर बिरामीको सेवामा समर्पित भएको सम्मान पाउने कर्मचारीहरुले बताएका छन्।

आफ्नो कामको सही मूल्यांकन गर्दै अस्पतालले सम्मान गरेकोमा खुसी लागेको उनीहरुले बताए।

अस्पतालले सोही समारोहमा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजिजका २ जना उत्कृष्ठ नतिजा ल्याउने (टपर) विद्यार्थीलाई पनि सम्मान गरेको छ।

सम्मान पाउनेहरुमा नर्सिङ कलेजकी टपर डिका बस्नेत र मौनता पोखरेल रहेका छन्।

नर्भिक अस्पताल