Logo
३१ वैशाख २०८३, बिहीबार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो

अक्षरपाटी
२०८३ वैशाख ३१ , बिहीबार ०४:०५ मा प्रकाशित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) ले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिकाे सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन्।

विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम गठन गरिएको हो।

यसैगरी, बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ६ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) समेत मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तित्वहरूलाई सिनेटमा समावेश गरिएको जनाइएको छ।

बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्‍याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन समेत गरेको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय

ट्रेन्डिङ ( साप्ताहिक )