



धनगढी । आन्तरिक राजस्व कार्यालय धनगढी ले लामो समयदेखि कर विवरण तथा कर बुझाउन बाँकी रहेका व्यवसायी र फर्मलाई अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
कार्यालयले सूचना प्रकाशित गर्दै विभिन्न फर्म तथा व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरसम्बन्धी विवरण नियमित रूपमा पेश नगरेको जनाएको छ । पटक–पटक फोन, एसएमएस तथा पत्राचारमार्फत जानकारी गराउँदा पनि अटेर गरेपछि सार्वजनिक सूचना जारी गरिएको कार्यालयले उल्लेख गरेको छ ।
सूचनामा उल्लेख भएअनुसार कर विवरण नबुझाउने ५३ वटा फर्म तथा व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी विवरण पेश गर्न निर्देशन दिइएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
कार्यालयका अनुसार केही व्यवसायी लामो समयदेखि निष्क्रिय रहे पनि कर दर्ता कायम राखेर विवरण नबुझाउने अवस्थामा छन् । यस्ता फर्मको कारोबार रोक्का गर्नेदेखि बैंक खाता, चल–अचल सम्पत्तिमा रोक लगाउनेसम्मको प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ ।
सूचनामा धनगढी तथा कैलालीका विभिन्न होटल, ट्रेडिङ, सप्लायर्स, अस्पताल, कन्स्ट्रक्सन, उद्योग तथा अन्य व्यवसायिक फर्महरूको नाम समावेश गरिएको छ । तीमध्ये अधिकांशले आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी विवरण बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेका फर्महरूको नाम यस प्रकार छन्…..





