



महोत्तरी। गाैशाला नगरपालिकाले घरटहरा हटाउने तयारी गरेपछि महोत्तरीको गाैशाला बजार बन्द गरिएको छ।
स्थानीयले गौशाला बजार बन्द गरेर विभिन्न चोकहरूमा टायर बालेर प्रदर्शन गरेका छन्।
नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ मा बनाइएका घरटहरा हटाउने तयारी गरेपछि स्थानीयवासी आन्दोलनमा उत्रेका हुन्।
स्थानीयले देवनारायण महतोको अध्यक्षतामा १५ सदस्यीय संघर्ष समिति नै बनाएर उनीहरु बिरोधमा उत्रेका हुन्।
यसअघि स्थानीयवासीले शुक्रबार र शनिबार गौशाला बजार क्षेत्रमा ब्यानर तथा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए।
महोत्तरी



