


काठमाडौं। वरिष्ठ जनरल सर्जन तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी सोसाइटी अफ सर्जन्स अफ नेपालको सुदूरपश्चिम च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि शल्यचिकित्सा सेवामार्फत स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका उनी हालै सम्पन्न च्याप्टरको अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।
शल्यचिकित्सा क्षेत्रमा उनको व्यावसायिक दक्षता, अनुशासन, इमानदारी तथा बिरामीप्रतिको समर्पणका कारण चिकित्सा क्षेत्रसँगै सर्वसाधारणमाझ पनि उनले विश्वास र सम्मान प्राप्त गरेका छन्।
अध्यक्षमा निर्वाचित भएपछि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले बधाई तथा शुभकामना व्यक्त गर्दै डा. अन्सारीको नेतृत्वमा सर्जरी सेवाको थप विस्तार, चिकित्सकहरूको पेशागत क्षमता अभिवृद्धि तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
डा. अन्सारीले सुदूरपश्चिममा आधुनिक शल्यचिकित्सा सेवाको विस्तार, जटिल शल्यक्रियाको सफल व्यवस्थापन तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको नेतृत्वले प्रदेशभर कार्यरत सर्जनहरूबीच समन्वय, सहकार्य र व्यावसायिक विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
‘सोसाइटी अफ सर्जन्स अफ नेपाल’ देशभरका शल्यचिकित्सकहरूको पेशागत हकहित संरक्षण, क्षमता विकास तथा गुणस्तरीय शल्यचिकित्सा सेवाको प्रवर्द्धनमा सक्रिय राष्ट्रिय संस्था हो।
डा. मेराज आलम अन्सारी

