


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले वृद्धि हुँदै २,७२६.०६ बिन्दुमा पुगेको हो। यो सूचक जेठ २८ यताकै उच्च विन्दु हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ४१.७० अंकले बढेको थियो। त्यसअघि पनि गत साताको मंगलबारदेखि शुक्रबारसम्म बजार लगातार उकालो लागेको थियो।
मंगलबार बजारमा ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो।
आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबारका क्रममा नेप्से दिउँसो १२:४९ बजे २,७५३ बिन्दुसम्म पुगे पनि अन्त्यमा केही घटेर २,७२६.०६ बिन्दुमा बन्द भएको हो।
समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २.८८ प्रतिशतले बढ्यो। त्यसपछि अन्य समूह १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत तथा बैंकिङ ०.०९ प्रतिशतले उकालो लागे।
यता विकास बैंक ०.४० प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.२३ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत तथा निर्जीवन बीमा ०.१४ प्रतिशतले गिरावट दर्ज गरे।
हालै सूचीकृत एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सर्वाधिक वृद्धि गर्ने कम्पनी बन्यो।
त्यसपछि कालंगा हाइड्रोपावर ७.५० प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ७.४२ प्रतिशत, सानीगढ हाइड्रोपावर ६.५६ प्रतिशत, स्नो रिभर्स ६.०२ प्रतिशत तथा रिडी पावर ५.३४ प्रतिशतले बढे।
यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.५४ प्रतिशतले घट्दा सर्वाधिक गिरावट आएको छ। त्यसपछि भुजुङ हाइड्रोपावर ४.५८ प्रतिशत र चिरख्वा हाइड्रोपावर ४.४४ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा मंगलबार रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स तथा एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
नेप्से

