Logo
१८ भदौ २०८३, बिहीबार

नागढुंगामा सडक भासियो, सुरुङमार्ग खुला

अक्षरपाटी
२०८३ भदौ १७ , बुधबार ११:०९ मा प्रकाशित

काठमाडौं । नागढुंगा–पातले वन क्षेत्रमा सडक भासिएपछि प्रभावित बनेको काठमाडौं–मुग्लिनतर्फको आवागमन सहज बनाउन नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइएको छ ।

सडक विभागका अनुसार पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलबाहेक सबै सवारी साधनलाई सुरुङमार्ग हुँदै मुग्लिनतर्फ जान अनुमति दिइएको छ ।

पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई भने सडक भासिएको स्थानबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ ।

सडक भासिएको स्थानमा प्राविधिक अध्ययनपछि मात्रै मर्मतको काम सुरु गरिने सडक विभागले जनाएको छ । अध्ययनको निष्कर्षका आधारमा मर्मत अघि बढाउँदै सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा आवश्यक निर्णय गरिने विभागको भनाइ छ ।

नागढुंगा सडक भासियो सुरुङमार्ग खुला

ट्रेन्डिङ ( साप्ताहिक )