Logo
६ वैशाख २०८२, शनिबार

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु, १७१ जना संक्रमित

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार यो अवधिमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी जम्मा १७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। हाल संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जनाको उपचार भइरहेको छ।