Logo
६ वैशाख २०८२, शनिबार

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं। आज र भोलि देशैभर पाँच वर्ष मुनिका बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अभिभावकलाई अपिल गरेको छ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ।

सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन र जुकाको औषधि खुवाउने अभियान २०५६ बाट सुरु गरेको हो।

भिटामिन ए