Logo
६ वैशाख २०८२, शनिबार

चिनियाँ चिकित्सकद्वारा नेपाली सञ्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार ०२:०४ मा प्रकाशित

काठमाडौं। चिनियाँ चिकित्सकहरुले नेपाली सञ्चारकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ।

आगामी बैशाख १८ गते काठमाडौंमा निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम राखिएको बताइएको छ।

चितवनस्थित विपि कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा कार्यरत चिनियाँ चिकित्सकको टोलीले बिहान ९ बजेदेखि १२ बजेसम्म परीक्षण गर्ने जनाइएको छ। ठमेलस्थित होटल भियनामा स्वास्थ्य परीक्षणका सबैजसो काम हुनेछन्।

चीनबाट उक्त अस्पतालमा कार्यरत १४ औं मेडिकल टोलीले आवश्यकताअनुसार गर्ने स्वास्थ्य परीक्षणमा पेटको अल्ट्रासाउण्ड, इसीजी, नाडी र बीपी, सुगरलगायत परीक्षण हुनेछ।

त्यसैगरी पाचनक्रिया, मूत्र प्रणाली, स्त्रीरोग, स्तन, आँखा, स्नायु, हड्डी, मुटु, क्यान्सरलगायतका रोगसँग सम्बन्धित चिकित्सकीय सल्ला लिन सकिने बताइएको छ।

इच्छुक पत्रकारहरु बैशाख १८ गते बिहान ९ बजे खाली पेटमा भिएना होटल पुग्नुपर्ने छ।