Logo
७ पुस २०८१, आईतबार

७६ जनालाई कोरोना संक्रमण

अक्षरपाटी
२०८० वैशाख २३ , शनिबार ०५:०५ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर ७६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ छ। तींमध्ये संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना छन् ।

मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम छ ।