Logo
२५ पुस २०८१, बिहीबार

‘अन्तर्राष्ट्रिय एकल महिला’ दिवसको अवसरमा निसर्ग हस्पिटलमा निःशुल्क रगत परीक्षण

अक्षरपाटी
२०८० असार ८ , शुक्रबार ०३:०६ मा प्रकाशित

धनगढी ८ असार। १३ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनगढीमा पनि ‘लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने नारासहित मनाइएको छ।

दिवसका अवसरमा धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३५ जनाभन्दा बढी एकल महिलाको निःशुल्क रगत परीक्षण र परामर्श गरेको छ।

मानव अधिकारका लागि महिला एकल समूह सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेबी बिष्ट, महिला एकल समूह सुदूरपश्चिमकी प्रदेश अधिकृत वेद अवस्थी, निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर डा मेराजआलम अन्सारीलगाएत एकल महिलाको सहभागिता थियो।

संयुक्त राष्ट्रसंघको महासभाले सन २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसयता सन २०११ देखि यो दिवस मनाउन थालिएको हो।

राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि व्याख्या गरेको छ।