Logo
१४ वैशाख २०८१, शुक्रबार

निसर्ग हस्पिटलमा शिद्धार्थ बैंकलाई स्वास्थ्य सेवामा छुट

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०३:०५ मा प्रकाशित

० रोहित गिरी

धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले शिद्धार्थ बैंक लिमिटेडका ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थराज पन्त तथा शिद्धाथ बैंकका शाखा अधिकृत नितेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच २०७९ माघ २० गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ ।

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवादिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवाउपलव्ध गराउँदै आएको छ ।