Logo
१३ वैशाख २०८१, बिहीबार

भारतीय अनुदान सहयोगमा दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ०१:०५ मा प्रकाशित

काठमाडौं। भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा विकास परियोजनाको निर्माणका लागि समझदारी भएको छ।

भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यी दुई परियोजनाको कूल अनुमानित लागत ८.०३३ करोड नेपाली रहेको छ।

परियोजना रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन्।

यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन हुने दूतावसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

परियोजना निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।