Logo
६ वैशाख २०८१, बिहीबार

निसर्ग हस्पिटलमा कैलाली बहुमुखी क्याम्पसलाई स्वास्थ्य सेवामा छुट

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०२:०५ मा प्रकाशित

धनगढी, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि धनगढी र धनगढीकै क्यापसरोडमा रहेको कैलाली बहुमुखी क्याम्पसबिच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।


सम्झौता पत्रमा बहुमुखी क्याम्सका प्रध्यापक तथा कर्मचारी, विद्यार्थी र नीजका परिवारजन (बुवा आमा, श्रीमान श्रीमती र छोरा छोरी)को दुर्घटना वा अन्य उपचारका लागि पनि अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु–याउने निसर्ग हस्पिटलले जनाएको छ ।


दुवै पक्षबिच २०८० जेठ ११ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ भने कैलाली बहुमुखी क्याम्पसले निसर्ग हस्पिटललाई छुटको लागी बिरामी उपचारमा पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ । सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख धर्मराज उपाध्यायले आज हस्ताक्षर गरेका हुन् ।


निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।