Logo
३१ भदौ २०८३, बुधबार

अछाम र डोटीमा आँखा शिविर : एक हजार जनाको उपचार

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०९:०६ मा प्रकाशित

कैलाली। अछाम र डोटी गरी तीन स्थानमा सञ्चालित आँखा शिविरमा एक हजारभन्दा बढीले आँखा उपचार सेवा लिएका छन्।

स्थानीय पालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको संयुक्त आयोजना तथा सेभा फाउण्डेशन, रोटरी क्लब अफ इल्भेरम नर्वे र फ्रेडहलोज फउण्डेसनको सहयोगमा हालै डोटी जिल्लाको २ स्थान र अछाम जिल्लाको एक स्थानमा आँखा शिविर सञ्चालन गरिएको थियो।

शिविरहरुमा एक हजार १४२ जनाले आँखा उपचार सेवा लिएका छन्। तीमध्ये १८८ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गरेर गुमाएको दृष्टि पुनः प्रदान गरिएको थियो। २ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको थियो। सो शिविरमा ९५२ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार भएको थियो।

शिविरमा सेवा लिनेमध्य आर्थिक अभाव कमजोर भएका, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका रहेको बताइएको छ।

उनीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए। गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा सुरेश राज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए।

आँखा शिविर गेटा आँखा अस्पताल