Logo
२० वैशाख २०८१, बिहीबार

बाढी प्रभावित उखु किसानलाई अनुदान

अक्षरपाटी
२०८० चैत्र २६ , सोमबार ०३:०४ मा प्रकाशित

कञ्चनपुर, २६ चैत । उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।

आधुनिक किसिमले बगरमा उखुखेती गर्नका लागि पुनर्वास– १, ७ र ९ का किसानलाई विपद् व्यवस्थापन समितिमार्फत रोटाभेटर, ट्रेन्च, हैरो, राजा हललगायत कृषि औजार वितरण गरिएको हो ।

दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई बगरमा उखुखेती गर्नका लागि जिल्लास्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ र मर्सिकोर नेपालको साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाले कृषि औजार वितरण गरेको हो ।