Logo
३० असोज २०८१, बुधबार

हिलोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेपछि वडाध्यक्षले भत्काइदिए

अक्षरपाटी
२०८१ जेठ २३ , बुधबार १२:०६ मा प्रकाशित

काठमाडौं,२३ जेठ । ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै वडाध्यक्षले भत्काइदिएका छन् ।

गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले कमसल पीच भत्काइदिएका हुन् ।

सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ । ‘यो हाम्रो टुरिस्ट हिँड्ने बाटो हो । ३-४ दिनदेखि सडक कालोपत्रे भइरहेको थियो’, वडाध्यक्ष घिमिरेले भने, ‘मापदण्ड पुगेको छैन भनेर सुरुदेखि नै भन्दै आएको हुँ । हिजो त झन् हिलोमै कालोपत्रे भएपछि भत्काउन बाध्य भएका हौं ।’

हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार ठेकेदार कम्पनीले मापदण्ड पुर्‍याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । ‘तर, सुन्लानजस्तो लागेको छैन’, उनले भने ।