

धनगढी । कैलालीको गेटामा सञ्चालित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक तथा उप–प्राध्यापकका लागि आवेदन आह्वान गरेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक पदका लागि दरखास्त माग गरेको हो।
विश्वविद्यालयले आवश्यक योग्यता पुगेका उम्मेदवारलाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।





