



काठमाडौं। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले ५६औँ क्यान्सर सर्भाइभर मिट भव्य रुपमा सम्पन्न गरेको छ।
क्यान्सर सर्भाइभरहरूको मनोबल उच्च बनाउने उद्देश्यले आयोजना गरिएकाे अस्पतालले जनाएको छ।
कार्यक्रममा क्यान्सर जितेकाहरुको उपचार यात्रा, संघर्ष, पुनर्जीवन पाउँदाकाे उत्साह र अनुभव सुनाइएको थियो।
कार्यक्रममा अस्पतालकी ब्रान्ड एम्बासडर मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ दीपमाला खरेल ढकालको सहभागिता थियो।
ब्रान्ड एम्बासडर ढकालले सर्भाइवरहरुसँग अन्तरक्रिया गरेकी थिइन्। कार्यक्रमा क्यान्सर जितेकाहरुले सुनाएका अनुव र कथा अन्य बिरामीहरुका लागि प्रेरणादायी हुनसकन्ने भन्दै ब्रान्ड एम्बासडर ढकालले प्रशंसा गरेकी थिइन्।
‘एक दशक पहिला क्यान्सर रोगबाट पीडित हुँदा ‘अब जीवन सकियो’ जस्ताे अवस्था थियो’, सहभागी सर्भाइवरहरुले भने, ‘अब विश्वस्तरकै उपचार नेपालमै सम्भव भएको छ।’
उनीहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले एक दशकयता नेपालमै विश्वस्तरको उपचार दिएर क्यान्सरका बिरामीहरुलाई देश बाहिर जानुपर्ने अवस्था मात्रै कम नगरेको, स्वदेशमै आफन्तको बीचमा सुलभ उपचार प्रदान गरेको भन्दै अस्पतालको प्रशंसा गरेका थिए।
कार्यक्रम आयोजना गरेर क्यान्सरविरुद्ध लडिरहेका तथा जितिसकेका व्यक्तिहरूलाई सम्मान गर्ने र उनीहरूको उपचार यात्राबाट अन्यलाई उत्प्रेरणा प्रदान गर्ने प्रयास गरिएको बजार प्रवर्द्धन शाखा प्रमुख शोयनबिक्रम शाहले बताए।
उक्त कार्यक्रमले स्वास्थ्य सचेतना, मानसिक सशक्तिकरण र समुदायबीच सहकार्यको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
नेपाल क्यान्सर अस्पतालले समय समयमा विभिन्न कार्यक्रम गरेर क्यान्सर रोग सम्बन्धि सचेतना जगाउँदै आएको छ।
‘रोग लागेर उपचार गर्न आएकाहरुकाे उपचार गर्नुमात्रै अस्पातलकाे दायित्व हाेइन, अस्पतालकी निर्देशक डा स्वरुपा श्रेष्ठले भनिन्, ‘रोगै लाग्न नदिन समाजमा जागरण फैलाउनु र लागिसकेपछी हाैसला दिनु पनि हाम्रो दायित्व हो।’
क्यान्सर सर्भाइभर नेपाल क्यान्सर हस्पिटल



