



धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवाग्राहीलाई लक्षित गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेको छ ।
अस्पतालले सेवा शुल्क भुक्तानी प्रक्रियालाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले आइतबारदेखि ‘अनलाइन पेमेन्ट सिस्टम’ लागू गरेको जनाएको हो ।
अस्पताल प्रशासनका अनुसार अब सेवाग्राहीहरूले जाँच शुल्क, सेवा शुल्क लगायतका रकम क्युआर कोड स्क्यान गरी तथा अनलाइन बैंकिङ र अन्य डिजिटल पेमेन्ट प्रणालीमार्फत (ई-सेवा बाहेक) भुक्तानी गर्न सक्नेछन् ।
यस प्रणालीले अस्पतालमा लाइन बस्नुपर्ने झन्झट हटाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाएको सेती प्रदेशिक अस्पतालका अध्यक्ष बलराम भट्टले जानकारी दिएका छन् ।
अस्पतालले सबै सेवाग्राहीलाई नयाँ प्रणाली प्रयोग गरी सेवा लिन आग्रह गर्दै अनलाइन भुक्तानीलाई सेवा बैशाख १४ गते देखी लागु गरिएको जनाएको छ ।
सेती प्रादेशिक अस्पताल



