Logo
११ असार २०८३, बिहीबार

गोदावरीमा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न, ३० वर्षमाथिका नागरिक लाभान्वित

अक्षरपाटी
२०८३ वैशाख २८ , सोमबार ०८:०५ मा प्रकाशित

ललितपुर। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र गोदावरी नगरपालिका १३ को सहकार्यमा निःशुल्क क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

समुदायमा स्वास्थ्यबारे सचेतना फैलाउन र क्यान्सरको प्रारम्भिक पहिचानलाई प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३० वर्षभन्दा माथिका महिला तथा पुरुषहरूको निःशुल्क क्यान्सर परीक्षण गरिएको थियो।

कार्यक्रममार्फत सहभागीहरूलाई क्यान्सर रोगको जोखिम, प्रारम्भिक लक्षण, समयमै परीक्षणको महत्त्व तथा रोकथामका उपायबारे स्वास्थ्य सचेतना समेत प्रदान गरिएको अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले बताइन्।

परीक्षणका क्रममा दर्जनाै पुरुष तथा महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको गोदावरी नगरपालिका वडा नं. १३ तथा सहभागी सम्पूर्ण स्थानीयवासीप्रति नेपाल क्यान्सर हस्पिटलले आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यले समुदायस्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार र रोगको प्रारम्भिक पहिचानमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल क्यान्सर हस्पिटल